विदेश

अमेरिकी ड्रोन आक्रमणमा ७ आइएस लडाकू मारिए

अमेरिकी ड्रोन आक्रमणमा  ७ आइएस लडाकू मारिए
drone_strikeभदाै - ६ । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा आइतबार राति अमेरिकी ड्रोन आक्रमणमा आइएसका सातजना आतङ्ककारी मारिएका छन्  ।  प्रान्तीय सरकारले सोमबार बिहान सो जानकारी दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् गएराति आचिन जिल्लाको बन्दाआर इलाकामा लुकेर बसेका आतङ्ककारीलाई लक्षित गरि अमेरिकी सेनाले चालकरहित विमान कारबाही गरेको थियो । सो कारबाहीमा परी कम्तीमा पनि सातजना आइएस आतङ्ककारी मारिएका बताइएकाे छ । प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार सो आक्रमणमा परी अरु पनि कैयौँ लडाकू घाइते भएकाे बताइएकाे छ ।  हवाई आक्रमणमा आतङ्ककारीहरुले भण्डारण गरेर राखेका कैयौँ हातहतियार समेत नष्ट भएको जनाइएको छ । यस हवाई आक्रमणबाट सर्वसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको बताइएको छ । केही हप्तायता अफगानिस्तानमा अफगान सुरक्षा बलले आतङ्ककारीविरुद्ध गरिने कारबाहीमा वृद्धि गरेपछि हिंसामा कमी आएको बताइएको छ ।  त्यसैगरी देशभर नेटोआवद्ध सेनाले पनि हवाई आक्रमण जारी राखेका छन् । पाकिस्तानको सीमा क्षेत्रमा भएको आचिन जिल्लामा आइएस लडाकू समूहको बलियो प्रभाव रहेको क्षेत्रको रुपमा रहेको बताइन्छ ।

drone Drone akraman

विशेष