विदेश

जापानको टोक्योमा सयौँ आन्तरिक उडान थप्प

जापानको टोक्योमा सयौँ आन्तरिक उडान थप्प
Japanभदौ–६ । भारी वर्षा र हावाको बलियो तुृफानको कारण जापानको टोक्योमा सयौँ घरेलु उडान तथा अवतरण थप्प भएको छ । मिनडुल नामक तुफान स्थानीय समय अनुसार १२ः३० मा तातेयामा शहर राजधानी भन्दा ८० कि.मी दक्षिणमा आएको हो । हावाको तुफान १८० कि.मी प्रति घण्टाको रफ्तार सम्म रहेको र २० कि.मी प्रति घण्टाको रफ्तारमा उत्तर तर्फ एक गतिमा लागेको जापान मौसम विज्ञान एजेन्सीले बताए । अधिकारीहरुले पहिरो, बाढी, हिंसात्मक हावा र उच्च छालहरुको चेतावनी दिएको छ । यसको लागि सर्तकता अपनाउन मौसम एजेन्सीले जनाएको छ । आधिकारिक रिपोर्ट अनुसार कुनै पनि मानिसको मृत्यु नभएको बताएको छ । तर स्थानीय मिडिया रिपोर्टहरुका अनुसार कम्तीमा दुई जनाको हताहतमा ज्यान गएको बताएको छ । टोक्योमा पूर्व जापान रेलवे सेवा भने सामान्यतया सञ्चालनमा रहेको जनाएको छ ।

Japan wind in japan

विशेष