नेपाल तरुण दल र नेपाल महिला संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन
भदाै - ६ । नेपाली कांग्रेसका सभापति मा. शेरबहादुर देउवाले नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल र नेपाल महिला संघको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन समिति गठन गरेका छन् ।
विद्यमान तदर्थ समितिलाई यथासक्य सहयोग पु-याई आवश्यक निर्देशन समेत गर्न नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जित) को धारा २४ (६) बमोजिम समिति गठन गरिएकाे हाे । पार्टीका केन्द्रीय सदस्य मा. बालकृष्ण खाँणको संयोजकत्वमा केन्द्रीय सदस्यहरु— श्री उमाकान्त चौधरी, श्री सुरेन्द्रराज पाण्डे, मा. शंकर भण्डारी, मा. रामकृष्ण यादव, मा. हृदयराम थानी र मा. सरिता प्रसाई सदस्य रहनु भएको “नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति” गठन भएकाे छ । त्यस्तै मा. एन.पी. साउँदको संयोजकत्वमा केन्द्रीय सदस्यहरु— मा. नविन्द्रराज जोशी, मा. चन्द्र भण्डारी, मा. कमला पन्त र श्री प्रदीप पौडेल सदस्य रहनु भएको “नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरे ।
Mahila Sangh Sher Bahadur Dewo Tarun Dal