
भदौ–६ । टर्कीको दक्षिणी शहर गाजियान्टेपमा ५१ जनाको ज्यान जाने गरी आत्मघाती आक्रमणमा बम विस्फोट गराउन इस्लामिक स्टेट आइएसको संलग्नता रहेको बताइएको थियो ।
बम विस्फोटमा बालबालिका रहेको खुलेको छ । आक्रमणमा आत्मघाती विस्फोट गराउने १२ देखि १४ वर्ष उमेरका रहेको राष्ट्रपति रिसेप टइप एर्डोगानले बताएका छन् ।
सिरियाको सीमा नजिका रहेको गाजियान्टेपमा भएको आक्रमणमा ६९ जना घाइते भएका र ती मध्ये १७ जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
यसका साथै इराकमा १२–१३ वर्ष उमेरका बालकलाई प्रहरीले समातेका छन् । आइएसका आत्मघाती आक्रमणमा संलग्नता रहेको बताइएको छ । इराकी प्रहरीले ती बालकबाट बिस्फोटक बेल्ट बिस्फोट हुनु अगावै फेला पार्न सफल भएको हो ।
आइएसले उपायमा अहिले बालबालिकालाई उपयोग गरिरहेको देखिन थालेको छ ।
ISIS
suicide bomb