ताजा खबर देश News

लाइसेन्सको फारम भर्न अब लाइन बस्न नपर्ने

लाइसेन्सको फारम भर्न अब लाइन बस्न नपर्ने

Licence भदौ ७ । उपत्यकाभित्र थप तीनवटा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार थप कार्यालय स्थापना गर्ने निर्णय गरेपछि लाइसेन्सको फाराम बुझाउनसमेत रातभरि लाइन बस्नुपर्ने बाध्यता हट्ने छ ।

बढ्दो सवारी दुर्घटनाका साथै यातायातसम्बन्धी कामका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीको अत्याधिक चाप भएको गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्चडको निर्देशनलगत्तै मन्त्रालयले कार्यालय विस्तारको निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बोलाएर यथाशीघ्र यातायात व्यवस्था कार्यालय थप गरेर सहज र छिटो काम हुने अवस्था सिर्जना गर्न निर्देशन गरेको सचिवालयका कर्मचारी मनोहरि तिमिल्सिनाले जानकारी दिए । निर्देशनलगत्तै यातायातमन्त्री लेखकले मन्त्रालयबाट यातायात व्यवस्था कार्यालय थप गर्ने निर्णय गरेका हुन् । मन्त्री लेखकले छिटोमा दुई साता र ढिलोमा तीन साताभित्र थपिने कार्यालयहरू सञ्चालनमा आउने बताए ।

थप तीनवटा कार्यालय सञ्चालनमा आएपछि मोटरसाइकल र गाडीको लाइसेन्स नयाँ निकाल्ने, नवीकरण गर्ने गराउने र सवारी साधनको कर तिर्ने काम छुट्टाछुट्टै स्थान, काउन्टरबाट गरिने र त्यसो गर्दा सेवाग्राहीलाई सहज हुनुका साथै काम व्यवस्थित र छिटो हुने छ । सवारीचालक अनुमति पत्रको फाराम बुझाउनसमेत सेवाग्राहीहरू रातभरि लाइन बस्नु परेको गुनासो बढेपछि प्रधानमन्त्रीले काठमाडौँमा दुईवटा र भक्तपुरमा एउटा यातायात व्यवस्था कार्यालय थप गरेर छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो गोरखापत्रबाट

Nepali Licence

विशेष