राजनीति News

तयार भयो कांग्रेसबाट मन्त्री बन्नेको लिस्ट, गगन थापा देखि सितादेवी यादव सम्म

तयार भयो कांग्रेसबाट मन्त्री बन्नेको लिस्ट, गगन थापा देखि सितादेवी यादव सम्म

भदौ ७ । नेपाली कांग्रेसले मंगलबार साँझभित्र नयाँ सरकारमा आफ्ना पार्टीका तर्फबाट सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने भएको छ । पार्टीका तर्फबाट बन्ने मन्त्रीहरुको टुंगो लगाई बुधबार साँझसम्म पद तथा गोपनियताको सपथसमेत गराउने कांग्रेसको तयारी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार सााझ प्रधानमन्त्री प्रचण्डलाई पार्टीका तर्फबाट बन्ने मन्त्रीहरुको सूची बुझाउने गृहकार्य अगाडि बढाएका छन् ।

यसका लागि देउवाले रामचन्द्र पौडेल, प्रभावशाली नेताहरु कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्कासँग समेत छलफल गरिरहेका छन् । बुधबारभित्र मन्त्रीहरुको टुंगो लगाउने भनिएपनि परराष्ट्रमा अझैं कुरा मिलेको छैन । डा. शेखर कोइराला परराष्ट्र नपाए सरकारमै नजाने अडानमा छन् । कोइरालाको यस्तो अडानले देउवा समस्या परेका छन् । देउवानिकट मानिने डन । प्रकाशशरण महतले यपटक परराष्ट्रमा चासो राखेका छन् । देउवाले शिक्षा मन्त्रालयको जिम्मवारी लिन अर्जुनरसिंह केसीलाई राजी गराइसकेको स्रोतको दावी छ । पाए पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने, सम्भव नभए गृहमन्त्री बन्ने कसीको योजना थियो ।

यस्तै, बालकृष्ण खाँडलाई देउवाले रक्षा मन्त्रालयको जिम्मवारी दिने निश्चित भएको छ । कोषध्यक्ष सितादेवी यादवलाई महिला मन्त्री दिने सहमति भएको छ । कर्णालीका जीवन शाह यसपाली मन्त्री हुने भएका छन् । महामन्त्री डा। शशांक कोइरालाको सिफारिसमा परेका दीपक गिरीलाई पनि मन्त्री बनाइने निश्चित भएको छ ।

पौडेल समूहबाट आन्नद ढुंगाना, नविन्दूराज जोशी र राजन केसीको नाम चर्चामा छ । देउवा समूहबाट तारामान गुरुङ, भीष्म आङदम्बे र रामहरि खतिवडाको नाम चर्चामा छ । सिटौला पक्षको भीमसदान प्रधान गगन थापामध्ये एकजना मन्त्री हुने भएका छन् । खुमबहादुर खड्का पक्षबाट मोहन बस्ने र शंकर भण्डारीमध्ये एकजना मन्त्री हुने भएका छन् । राजधानी दैनिक

Congress

विशेष