राजनीति News

श्रीमतीलाई मन्त्री बनाउन राजेन्द्र महतोको दौडधुप

श्रीमतीलाई मन्त्री बनाउन राजेन्द्र महतोको दौडधुप

Rajendra Mahato

भदौ ७ ।  मधेशी मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यष राजेन्द्र महतो श्रीमती शैलदेबी महतोलाई मन्त्री बनाउने दौडधुपमा लागेको छन् । श्रीमीलाई मन्त्री बनाउनका लागि महतो प्रधानमन्त्री प्रचण्ड देखि कांग्रेस नेता शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तकोमा धाइरहेका छन् । उनले श्रीमतीका लागि श्रम तथा रोजगार मन्त्रालय मागेका छन् ।

 महतो करिब ५ वर्ष बाणिज्य तथा आपूर्ति मन्त्रालय र २ वर्ष स्वास्थ्य मन्त्री भएका थिए । संसद मात्र मन्त्री बन्ने भएपछि उनि भने मन्त्री बन्नबाट बञ्चित भएका छन् । मधेशी अधिकारको दाबी गर्दै आएका महतोले श्रीमतीलाई समानुपातिक सांसद बनाएका थिए । आफू सांसद नभएकाले महतो सुरुमा सरकारमा नजाने पक्षमा थिए । तर पार्टीका नेताहरु लक्ष्मणलाल कर्ण सरकारमा जानु पर्छ भनेर लागेपछि उनले श्रीमतीलाई मन्त्री बनाउन दौडधुप थालेका हुन् । प्रचण्डको दूतका रुपमा गृहमन्त्री विमलेन्द्र निधि भारतबाट फर्किए लगत्तै मधेशीमोर्चाबाट को–को मन्त्रीमा जाने टुंगो लाग्ने बताइएको छ । दृष्टि साप्ताहिक

Rajendra Mahato

विशेष