News समाज

नागरिक सचेत नभए देश विकास असम्भव : पूर्व मुख्यसचिव पौडेल

नागरिक सचेत नभए देश विकास असम्भव : पूर्व मुख्यसचिव पौडेल

Lila Mani

भदौ ७ । सरकारका पूर्व मुख्य सचिव एवं वाग्मती सरसरफाईका अभियन्ता लिलामणि पौडेलले सचेत र जिम्मेवार नागरिक नभएको देशको विकास असम्भव हुने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले सोमबार तुलसीपुरमा आयोजना गरेको अन्र्तक्रियामा पौडेलले उक्त कुरा बताएका हुन । नेपाली जनताको सोच सरकारमुखी भएका कारण कुनै पनि क्षेत्रको सोचेजति विकास हुन नसकेको भन्दै पौडेलले जनता नउठ्दासम्म विकास सम्भव नहुने बताए ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घको अगुवाई तथा तुलसीपुर नगरपालिकाको साझेदारीमा मंगलबारदेखि तुलसीपुरमा सुरु हुन लागेको ‘ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर’ सरसफाई अभियानको उद्घाटनका क्रममा पूर्व मुख्य सचिब पौडेल सोमबार दाङ पुगेका हुन् ।

Lila Mani Poudel

विशेष