News

संविधान संशोधन प्रस्ताव दर्ता हुँदैमा मधेसी मोर्चा सरकारमा नजाने

संविधान संशोधन प्रस्ताव दर्ता हुँदैमा मधेसी मोर्चा सरकारमा नजाने

madhesi-morcha-kathmandu-final3भदौ ७ । संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुँदैमा मधेसी मोर्चा सरकारमा जाने सम्भावना कम देखिएको छ ।

बुधबार बिहान मधेसी मोर्चाको सचिवालय बैठक बस्दैछ । दिउँसो मोर्चाकी शीर्ष नेताको बैठक पनि बस्दैछ । त्यो बैठकले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि मोर्चा सरकारमा जाने निर्णय लिनेछ ? भन्ने प्रश्नमा सद्भावना पार्टीका महासचिव मनिष सुमन भन्छन्, ‘त्यस्तो सम्भावना छैन । संविधान संशोधन प्रस्ताव दर्ता हुँदैमा मोर्चा सरकारमा जाँदैन ।’

महासचिव सुमनले मधेसी मोर्चालाई सरकारमा लैजान कम्तिमा संविधान संशोधन हुनु पर्ने स्पष्ट पारे । कांग्रेस माओवादी गठबन्धनपछि नेकपा एमालेले सत्ता गुमायो । जसका कारण सो पार्टी रुष्ट छ । एमालेको सहमतिबिना भएको संशोधनको खास अर्थ पनि हुँदैन ।

महासचिव सुमन भन्छन्, ‘एमाले संशोधनमा आएन बाँकी दल आए भने आवश्यक भन्दा १४ मत बढी हुन्छ । संविधान संशोधनका लागि एमाले नभए पनि हुन्छ ।’

संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि मधेसी मोर्चा सरकारमा जाने चर्चाले बजार लिइरहँदा मोर्चाको एक घटक सद्भावना पार्टीले यो सम्भावनामा पूर्णविराम लगाएको हो ।

Madehsi Morcha

विशेष