उपप्रधानमन्त्री निधिलाई कुर्दै मन्त्रीपरिषद वैठक अपरान्हसम्मलाई सर्यो
भदौ ७ । मन्त्रीपरिषद वैठक आज वस्दैछ । सरकारको कामकारवाहीको समीक्षा तथा विभिन्न संवैधानिक निकायमा राजनीतिक नियुक्तीका सम्वन्धमा निर्णय गर्न बैठक बस्न लागेको हो । यसैगरी प्रधामन्त्रीको विशेष दुतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भ्रमणको उपलव्धीबारे मन्त्रीपरिषद वैठकमा व्रिफिङ गर्नुहुने छ । निधि आजै स्वदेश फर्कदै हुनुहुन्छ ।
मन्त्रीपरिषद वैठक विहान साढे ९ वजे बस्ने भनिएपनि निधि स्वदेश फर्कन ढिलाई भएकाले अपरान्ह ४ वजेका लागि सारिएको छ । यस्तै बैठकमा यही महिनाको अन्तिम साता हुने भनिएको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको एजेण्डाबारे समेत छलफल हुने एक मन्त्रीले जानकारी दिए ।सानो आकारको मन्त्रीमण्डल भएकाले दिर्घकालिन प्रभाव पार्ने भन्दा पनि सरकारको नियमित काम कारवाहीका सम्वन्धमा आजको वैठकमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
rajniti