News

बेथितिको अन्त्य गर्ने प्रधानमन्त्री दाहालको दाबी

बेथितिको अन्त्य गर्ने प्रधानमन्त्री दाहालको दाबी

prachanda

भदौ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरका सामाजिक अगुवाहरुले भेट गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अगुवाहरुले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्याकालको सफलताको शुभकामना व्यक्त गरे ।

भेटमा प्रधानमन्त्री दाहालले दोस्रोपटक प्रधानमन्त्री पदमा बहाली हुनु आफ्ना लागि चुनौतिपूर्ण अवसर भएको बताए । ‘गम्भीर चुनौति पक्कै छन् । दोस्रोपटक प्रधानमन्त्रीको पद सम्हाल्दा केही चुनौतिको सामना गर्ने संकल्पसहित आएको छु । संविधान संशोधन र कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र बेथितिको अन्त्य गरेर देशमा सिष्टम स्थापित गर्न सबैको सहयोग चाहिन्छ ।’

Dahal

विशेष