ताजा खबर News

उप–प्रधानमन्त्री महरा पाकिस्तान जाँदै

उप–प्रधानमन्त्री महरा पाकिस्तान जाँदै

krishna-bahadur-mahara भदौ ७ । उप–प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा सार्कको आठौं अर्थमन्त्री स्तरीय बैठकमा सहभागी हुन पाकिस्तान जाने भएका छन् । उप–प्रधानमन्त्री महरा मंगलबार राती साँढे नौ वजे कतार एयरवेजबाट, पाकिस्तान जाने कार्यक्रम रहेको छ । नेपालका तर्फबाट उपप्रधानमन्त्री महराले अध्यक्ष राष्ट्रको रुपमा बैठकको अध्यक्षता गर्ने बताइएको छ । बैठकमा मुख्यतयाः सार्क क्षेत्रको आर्थिक विकासका लागि गर्न सकिने साझेदारीका बारेमा छलफल हुनेछ ।

मन्त्री स्तरीय बैठक अघि भदौ ९ गते सार्कका अर्थ सचिबहरुको बैठक हुने कार्यक्रम रहेको छ । सचिव स्तरीय बैठकको भोलिपल्ट अर्थमन्त्रीहरुको बैठक हुने कार्यक्रम तय भएको छ । उपप्रधानमन्त्री महरा भदौ ११ गते स्वदेश फर्कने छन् । महराका साथै मन्त्रालयका सह सचिव बैकुण्ठ अर्याल सहभागी हुने बताइएको छ । सार्कको सातौ अर्थमन्त्री स्तरीय बैठक नेपालमा भएको थियो ।

Mahara

विशेष