कांग्रेस र स्थानिय निकाय पुनः संरचना अायाेगबीच विवाद
भदौ ७ । नेपाली कांग्रेसले स्थानिय निकाय पुनः संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलसँग छलफल गरेको छ । कांग्रेस संसदिय दलको बैठकमा पौडेललाई बोलाएर छलफल गरेकाे हाे ।
पौडेलले स्थानीय निकायको संख्या ५६५ बनाउन आयोग समक्ष सिफारिस गर्ने जानकारी दिएको बैठकमा सहभागी सांसद रामहरि खतिवडाले जानकारी दिए । ‘स्थानीय निकाय पुनसंरचना आयोगका अध्यक्षसँग अहिले पनि छलफल जारी छ,’ उनले भने, ‘उहाँले स्थानीय निकायको संख्या ५६५ बनाउन सिफासिर गरिएको रिपोर्ट दिनु भएको छ। अहिले त्यसैका विषयमा छलफल भइरहको छ ।’
पौडेलले स्थानीय निकाय पुनसंरचना गर्दा स्थानीय निकायको संख्या ५६५ बनाउनु पर्ने बताएपछि कांग्रेस सांसदहरुले आपत्ति जनाएका छन् । उनीहरुले आयोग स्थानीय निकाय निर्वाचन गराउने पक्षमा नरहेको आरोप लगाएका छन् । नेपाली कांग्रेसले स्थानीय निकायको संख्या हजारभन्दा बढी हुनुपर्ने बताउँदै आएका छन् । दुई दिनसम्म राजधानीमा चलेको कांग्रेस जिल्ला सभापतिको भेलाले पनि स्थानीय निकायको संख्या हजारभन्दा बढी बनाउन सुझाव दिएको थियो ।
प्रमुख प्रतिपक्ष दल एमाले भने स्थानीय निकायको संख्या थोरै बनाउनुपर्ने पक्षमा देखिएको छ । सरकारले चैतमा स्थानीय निकायको निर्वाचन गर्ने गरी तयारी गरिरहेका बेला दलहरुबीच भने स्थानीय निकायको संख्याका विषयमा एकमत छैनन् । उता सरकारलाई बाहिरै बसेर समर्थन गरेको मधेसी मोर्चाले भने पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने माग अगाडि गरेको छ ।
Sanghiya Mamila
sthaniya Nikaya