काभ्रेको बिर्तादेउरालीमा बस दुर्घटना भएको सुन्ने बित्तिकै पाँचपोखरी–३ का शिबप्रसाद चौलागाईंले आफ्ना ज्वाईंको मोबाइल नम्बर थिचे । फोन उठेन । चिटचिट पसिना छुट्यो । फेरि डायल गरे । उठ्दै उठेन ।
[su_pullquote align="right"]चौलागाईंले काँपेको स्वरमा फोन उठाए, ‘हल्लओ’ । आवाज ज्वाईंकै थियो ।[/su_pullquote]
घर आउंन लागेको खबर पठाएका ज्वाईंको फोन नउठेपछि उनको मानसपटलमा अनेक तस्बिर घुम्न थाले । केही बेरमा ज्वाईंको नम्बरबाट फोन आयो । चौलागाईंले काँपेको स्वरमा फोन उठाए, ‘हल्लओ’ । आवाज ज्वाईंकै थियो । उनले एक सासमा बोले, ‘खहरे खोलामा बस दुर्घटना भयो, तपाई कहाँ हो ?’ रामहरी गौतम झसङ्ग भए । उनी संयोगले काठमाडौंमै छुटेका थिए ।
पाँचपोखरी–५ का रामहरीको भूकम्पले घर भत्काइदिएको थियो । त्यसयता उनले भाइ र आमालाई समेत काठमाडौंकै डेरामा राखेका थिए । काठमाडौंको एक निजी कम्पनीमा प्राविधिक रहेका रामहरी भूकम्पको सम्झौताका लागि पाँचपोखरी जाने तयारीमा थिए । छिमेकी गाऊँका ससुरालाई उनले फोन गरी सँगै सम्झौता गर्ने सल्लाह गरेका थिए । साथीभाइलाई पनि सम्झौताका लागि जान लागेको बताइसकेका थिए ।
काभ्रे, कोशीपारीका दिनउमेरका अधिकांश काठमाडौंमै बस्छन् । साउन ३१ गते काठमाडौं बस्दै आएकाहरु सल्लाह गरेरै भूकम्पको राहत सहयोगको सम्झौताका लागि आ–आफ्नो गाविस जाँदै थिए । त्यसैमध्येमा एक थिए रामहरी ।
उनले सोचे, ‘फर्म बुझाएर गाऊँ जान्छु र केही दिन उतै बस्छु ।’
साउन ३१ मा उनको दोमन भयो । यता ट्याक्सीको फर्म बुझाउने दिन सकिन लागेको थियो । उता गाऊँ गइसकेपछि भूकम्पले भत्काएको घरको भग्नावशेष तर लाउन पर्ने थियो । उनले सोचे, ‘फर्म बुझाएर गाऊँ जान्छु र केही दिन उतै बस्छु ।’ गाडी चढ्नुको साटो उनी फर्म बुझाउंन एकान्तकुनातर्फ लागे । ‘धन्न घर गएनछु ।’ जिब्रो टोक्दै रामहरीले घटना विवरण सुनाए ।
[su_pullquote align="right"]थुचुक्क भुईमा बसेर एक अंखोरा पानी ताने । ‘ज्वाईं त बांचे अरुको के भयो ?’[/su_pullquote]
ट्याक्सीका लागि फर्म बुझाउंनेको ठेलमठेल थियो । ससुराबाको फोन आउंदा पनि उनले पत्तो पाएनन् । मोबाइल यसो हेरेको, थुप्रै मिसकल गुजुल्टिसकेका रहेछन् । यतिन्जेलमा गाऊँमा पूरै सोक छाइसकेको रहेछ ।
गए भनेको ज्वाईं काठमाडौंमै रहेको सुनेपछि शिबप्रसादले लामो सास ताने । थुचुक्क भुईमा बसेर एक अंखोरा पानी ताने । ‘ज्वाईं त बांचे अरुको के भयो ?’ अर्को सुर्ता छंदै थियो । नभन्दै बस दुर्घटनामा परी पाँचपोखरीकै केही मारिएको खबर एकछिनमा फैलिहाल्यो ।
रामहरीले बस दुर्घटनाको खबर पाए सँगै डेरामा फोन गरे । उनले मनमनै सोचे कहिलेकाहीँ संयोगले पनि साथ दिन्छ । भूकम्प जाँदा ५ महिना लागेको र अहिले बामे सर्दै गरेको छोरा, स्कुल जान लागेको जेठो छोरा, आमा, श्रीमती र भाइ एकसाथ उनको आँखामा नाच्न थाले । ‘आज केही भएको भए यिनको के हालत हुन्थ्यो ?’ उनका आँखा त्यसै रसाए ।
प्रचण्डको पहिलेको वाचा
दुर्घटनालगत्तै प्रधानमन्त्री प्रचण्डले उद्धारका लागि तदारुकता देखाए । हेलिकप्टर पठाए । सँगै, घोषणा गरेः बाटोको गुणस्तर बढाइने छ, सिन्डिकेट तोडिनेछ ।
रामहरी ८ बर्ष अघिको घटना सम्झन्छन् । कोशीपारी पूरै माओवादीमय बनेको थियो । बिद्रोही नेता प्रचण्ड भर्खर प्रधानमन्त्री भएका थिए । उनी पाँचपोखरीमा आउँने भनेपछि पूरै काशीपारीका जनता उनलाई हेर्न धुइरिएको थिए । जोशिदै प्रचण्डले भनेका थिए, ‘यो ठाऊँ काठमाडौंबाट टाढा छैन, तर बाटोले गर्दा दुर्गम छ । कम्तिमा पनि बाटो ग्राभेल गरेर तपाईहरुलाई राहत दिनेछु ।’
प्रचण्डले सो वाचा गरेपछि नेपालको राजनीतिमा थुप्रै उतारचढाव आयो । उनी दोहोराएर प्रधानमन्त्री पनि भए । तर, कोशीपारीको कहर उस्तै थियो । बाटो झन् बिग्रिएको थियो । अझ उनी प्रधानमन्त्री भएको केही दिनमै भयानक दुर्घटना भयो ।
रामहरी प्रश्न गर्छन, ‘बाटो बनेको १२ बर्ष भयो । तर, ग्राभेलसम्म भएन । प्रचण्डजी तपाईले यसपटक गरेका प्रतिवद्धताप्रति कसरी विश्वास गर्ने ?’
[su_pullquote align="right"]कोशीपारीको कहरः ठूला गाडी हुंदै हुन्न[/su_pullquote]
काभ्रेको कोशी पारी रहेका १७ गाविसको पीडा बेग्लै छ । काठमाडौं नजिक रहेर पनि कोशीपारी दुर्गम र अन्कन्टार छ । कच्ची
बाटोमा मनलाग्दी गाडी चल्थे । दुर्गटनापछि त्यहीपनि रोकिएको छ । ‘५-६ घण्टामा हिंडेरै मादनकुडारीसम्म पुग्न सकिन्छ । गाऊँ नै मास्ने गाडी किन चाहियो ?’ रामहरी आक्रोश व्यक्त गर्दछन् ।
ठूला गाडी सो ठाऊँमा चलाउन दिनै नहुने रामहरी बताउंछन् । ‘केही दिन चेकजाँच होला, त्यसपछि फेरि उस्तै हो ।’ राज्यसंयन्त्र र गाडी संचालकप्रति उनी विश्वस्त छैनन् । उनको सुझाव छ, ‘सुमो वा त्यस्तै साना गाडी चलाए राम्रो । कम्तीमा कोचाकोच हुंदैन ।’
दुर्घटनापछि कोशीपारी गाडी जान छाडेका छन् । प्रहरीको अनुगमन तिब्र पारिएको छ । जनता पूरै आक्रोशित छन् । गाऊँमा सोक छाएको छ । रामहरी भन्छन्, ‘सायदै कुनै नेतालाई हाम्रो पीडा थाहा छ । दुर्घटनाले लगाएको तातो पनि सेलाउंदै जानेछ । भाग्यले साथ दिए बांचिन नत्र मरिने रहेछ ।’
[embed]https://youtu.be/aXXmIHlf0RQ[/embed]
bhagyale bacheka ramhari
lucky ram hari
saved in bus accident