लागुऔषधको घटनामा १८ सयको हत्या
भदौ–७ । दुई महिना भित्र फिलिपिन्समा लागुऔषध सम्बन्धी घटनामा १८ सय जनाको हत्या भएको छ ।
सात हप्ता अघि राष्ट्रपति रोड्रिगो डुटेरटेले सत्ता सम्हाले यता लागुऔषध सम्बन्धी हिंसात्मक घटना बढेको प्रहरीको तथ्यांकले देखाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
जुलाई १ यता प्रहरीले चलाएको कारबाही अभियानको क्रममा ७ सय १२ जना लागुऔषध तस्कर तथा प्रयोगकर्ता मारिएको तथा १ हजार ६७ जनाको पनि लागुऔषध सम्बन्धी घटनामै ज्यान गएको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
संयुक्त राष्ट्रसंघले मानिसको हत्या हुने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । अमेरिकाले मानवअधिकारको रक्षा हुने गरी कारबाही अभियान चलाउन आग्रह गरेको छ ।
drugs
Philippines