भदाै - ७ । बङ्गलादेशको एक रासायनिक मल कारखानामा भएको रसायनको चुहावटले श्रीलङ्का पनि असर गरेको बताइएको छ ।
श्रीलङ्कातर्फ पनि सो चुहावटका कारण ठूलो संख्याका नागरिक विरामी परेका बताइएको छ । जसका कारण अस्पतालमा खचाखच बिरामी पुगेका चिकित्सकको भनाई छ ।
यसअघि सो कारखानाबाट निस्केको विषाक्त ग्यासबाट करिब २०० जना भन्दा बढी स्थानीय नागरिक विरामी परी अस्पताल भर्ना गरिएको जानकारी गराइएको थियो ।
बङ्गलादेशको चटगाउँ नगरमा रहेको रासायनिक मल निर्माण गर्ने एक कारखानाको विषाक्त ग्यास निस्केको जनाइएको थियो ।
सो ग्यासको असर चटगाउको नजिक रहेका श्रीलङ्काली वस्तीहरुमा पनि परेको छ । प्रहरीले सो स्थानबाट कैयौँ व्यक्तिको उद्वार गरी अन्यत्रै लगेका छन् । स्थानीयहरु पनि त्यहाँ बस्न डराएर अन्यत्रै भागेका छन् । एएफपी