अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको सम्मेलन नेपालमा, नोबेल पुरस्कार बिजेता आउने
भदौ – ७ । आगामि असोज महिनामा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको सम्मेलन हुने भएको छ । यस सम्मेलनमा विश्वका करिव ४० देशका १५० वैज्ञानिक सहभागि हुन भएका छन् ।
नेपाल बेलायत जापानको विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा वैज्ञानिकको संग्लनतामा अन्तर्राट्रिय सम्मेलन हुन लागेको हो । यस सम्मलेनमा रसायनशास्त्रका नोबेल पुरस्कार विजेता डानियल सेक्टमानको सहभागिता रहने निश्चित भइसकेको छ । सम्मेलनमा भौतिकशास्त्र, रसायनशास्त्र, गणित तथा इन्जिनियरिङ विषयका १ सय १० भन्दा वढी कार्यपत्र प्रस्तुत गर्न लागेको सम्मेलन अन्तर्राष्ट्रिय संयोजक एवं बेलायतको लिभरपुल विश्वविद्यालयका प्राध्यापक डा हेमराज शर्माले बताए । क्वजिआइक्रिस्टल (ननस्टिक) केन्द्रित भएर दक्षिण एसियामा हुन लागेको यो दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हो ।
यस अघि यस विषयसँग सम्बन्धित सम्मेलन अमेरिका, फ्रान्स, चीन, जापान, जर्मनी, स्विट्जरल्यान्ड, मेक्सिको, पोल्यान्ड र भारतमा भइसकेको छ ।
सम्मेलनको पहिलो दिन काठमाडौ विश्व विद्यालयका यूवा वैज्ञानिकहरुका लागि कार्यशाला आयोजना गरिने जानकारी उनले जानकारी दिए । दोस्रो दिनदेखिका सत्रहरु धुलिखेल रिसोर्ट एन्ड लजमा सञ्चालन हुनेछन् । सेप्टेम्बर २१ मा नोबेल पुरस्कार विजेता डानियल सेक्टमानले त्रिभुवन विश्वविद्यालयको प्रेक्षालयमा सार्वजनिक प्रवचन दिनेछन् । सम्मेलनबाट नेपालका विद्यार्थी तथा वैज्ञानिकहरु लाभान्वित हुने शर्माले जनाए । पदार्थ विज्ञानअन्तर्गतको क्वजिआइक्रिस्टल विशिष्ट खालको ठोस पदार्थ हो । पछिल्लो समय यसको उपयोग खाना पकाउने भाँडामा भएको छ ।
पकाउने क्रममा क्वजिआइक्रिस्टल कोटिङ गरिएको भाँडामा खाना नटाँसिने हुन्छ । हल्का, बलियो र विशिष्ट खालको क्वजिआइक्रिस्टल विमानको बाहिरी भागमा हुनसक्ने विषयमाथि अनुसन्धान भइरहेका बेला यही विषय केन्द्रित भएर नेपालमा सम्मेलन हुन लागेको हो ।
ashoj ma national science day