विदेश

आइएसलाई लक्षित गर्दै सिरियामा टर्कीको आक्रमण

आइएसलाई लक्षित गर्दै सिरियामा टर्कीको आक्रमण
drone_strikeभदौ–७ । विद्रोही संगठन इस्लामिक स्टेट आइएसलाई लक्षित गर्दै सिरियामा टर्कीले आक्रमण गरेको छ । टर्कीले सिरियाको मानबिजमा आइएसका अखडालाई लक्षित गरेर बम आक्रमण गरेको बिबिसीले जनाएको छ । सिरियाली विद्रोहीले पनि टर्कीको सेनालाई साथ दिएका छन् । सिरियाको सीमा नजिक रहेको टर्कीको शहर गाजियान्टेपमा १५ सय सिरियाली विद्रोही आइएस विरुद्धको कारबाहीका लागि तयारी अवस्थामा छन् । टर्कीको गाजियान्टेपमा विवाहको भोज भइरहेको ठाउँमा आइएसले आत्मघाती आक्रमण गर्दा ५१ जनाको ज्यान गएको थियो । टर्कीले त्यसपछि आइएस विरुद्ध कारबाही अभियान चलाएको हो ।

ISIS Turkey

विशेष