प्रहरी जवानको परीक्षाको नतिजा सार्वजनिक
भदौ - ७ । नेपाल प्रहरीले प्रहरी जवान (जनपथ)का लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गरेकोे छ ।
अन्तरवार्तामा सहभागी भएका खुला, अमर र अशक्ति प्रहरी परिवार र समावेशी समूहको नतिजा आएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार ५ हजार ४४४ पास भएका छन् । ८० जनाको नाम बैकल्पिकमा परेको छ ।
पास भएकाहरुलाई भदौ १५ गतेभित्र नागरिकता, शैक्षिक प्रमाणपत्र र प्रवेश पत्रसहित सम्वन्धित परीक्षा केन्द्रमा सम्पर्क गर्न भनिएको छ । कर्णाली परीक्षा केन्द्रबाट पास भएकाहरुलाई भने मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगञ्जमा सम्पर्क गर्न भनेको छ ।
Nepal Police
Nepal Police Result