
भदौ–७ । बार्सिलोना क्लबका प्रशिक्षक लुइस इन्रीकले ब्राजिललाई ओलम्पिकमा ऐतिहासिक स्वर्ण दिलाएका आफ्ना स्टार स्ट्राइकर नेइमारलाई आराम गर्न थप केही दिन छुट्टि दिने बताएका छन् ।
नेइमार सेप्टेम्बर ८ देखि मात्र बार्सिलोना फर्किने छन् । उनी बार्सिलोना नफर्किएको १ सय ७ दिन नाघिसकेको छ ।
नेइमार छुट्टि मनाउन मंगलबारदेखि देश बाहिर निस्किदैँ छन् । उनी इबिजाबाट लस भेगास हुँदै न्युयोर्कतर्फ लाग्नेछन् । यसअवधिमा उनी केही परोपकारी खेलबाहेक क्लबसँग पुरै बिच्छेदको अवस्थामा थिए ।
बार्सिलोनासँग उनको अनुबन्ध २०२१ सम्म लम्बिएपछि उनी कोपा अमेरिकामा पनि सहभागी नभई ८ हप्ता ब्राजिलको ओलम्पिक टिमसँगै अभ्यासमा तल्लिन थिए ।
उनी बार्सिलोना फर्किएको २ दिनपछि अलाभेसविरूद्ध ला लिगाको खेलमा बार्सिलोना टिमबाट देखा पर्नेछन् ।
Barcelona
football
neymar