News

सर्वोच्चमा लोकमानको लिखित जवाफ

सर्वोच्चमा लोकमानको लिखित जवाफ
lokman_singh_karki_on_Europe_tour3430 भदौ -  ७ । अदालतको अपहेलनासम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आज सर्वोच्च अदालतमा लिखित जवाफ पठाएका छन् । आयोगका प्रमुख आयुक्त कार्कीले पठाएको लिखित जवाफमा “आफू चर्चित बन्ने र अपराधबाट उम्कने प्रयास गर्ने सिलसिलामा मात्र निवेदन दिएको” उल्लेख छ । लिखित जवाफमा गलत, झुटो, कलुषित भावनाबाट प्रेरित भई संवैधानिक आयोगमा संविधान र कानुनबमोजिम नियुक्ति भई निष्ठापूर्वक आफ्नो पदीय दायित्व निर्वाह गर्दै आएको उल्लेख छ । पत्रकार दिक्षीत पत्नी शान्ता दिक्षीतले आयोगले क्षेत्राधिकारभित्र नपर्ने काममा आफूलाई दुःख हैरानी दिई हतोत्साही गराउने उद्देश्यले आफ्नो पतिलाई थुनामा राखेको भन्दै गत वैशाख २२ गते अदालतमा मानहानीसम्बन्धी मुद्दा दर्ता गरेका थिए । सर्वोच्च अदालतले सो मुद्दाको विषयलाई लिएर १५ दिनभित्र लिखित जवाफ माग गरेको थियो । सोहीअनुरुप आज आयोगका प्रमुख आयुक्त कार्कीले लिखित जवाफ पठाएका हुन् । रासस

Adalat Kankmani Dikshit Lok Man Singh Karki

विशेष