News

उप्रधानमन्त्रीद्वय महरा र निधिकाे भ्रमण फलदायी भएकाे सरकारकाे निष्कर्ष

उप्रधानमन्त्रीद्वय महरा र निधिकाे भ्रमण फलदायी भएकाे सरकारकाे निष्कर्ष
mahara-nidhi भदाै - ७ । सरकारले प्रधानमन्त्रीका विशेष दूतका रुपमा छिमेकी देश भारत र चिनमा गएका उप्रधानमन्त्रीद्वयकाे भ्रमण फलदायी भएकाे ठहर गरेकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सरकारसँगै छिमेकीसँगको सम्वन्ध नयाँ उचाईमा पुगेको निष्कर्ष निकालेको हाे । सरकारका प्रवक्ता एवम् संचारमन्त्री राम कार्कीका अनुसार अाजकाे बैठकमा दुवै दूले भ्रमणकाे संक्षिप्त जानकारी दिए । सरकारको प्राथमिकताप्रति दुबै छिमेकीले सकारात्मक चासो राखेको दुवै दूतकाे भनाइ छ ।  प्रधानमन्त्रीका दूतका रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भारत र उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा चीन गएका थिए । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विपद प्रतिकार्यको कार्यव्यवस्था सम्वन्धि विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ ।

Bimalendra Nidhi Krishna Bahadur Mahara

विशेष