बिग मार्ट, भाटभटेनी सुपरमार्केटमा सरकारले गर्याे शिलबन्दी
भदाै - ७ । म्याद नाघेका अखाद्य वस्तु भटिएपछि सरकारले नाम चलेका साटवटा मार्टमा सिल गरेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गर्दा एक हप्ताको बीचमा बिग मार्ट, भाटभटेनी सुपरमार्केट, सेलवेज लगायतका स्टोरहरुमा नै उपभोग्य मिति नाघेका वस्तुहरु भेटाएको हो ।
बिगमार्टका २, सेलवेजका २ र भाटभटेनिको प्रोडक्ट डिपार्टमा सिल गरिएको छ । उपभोक्ता माथि अत्याधिक हेलचक्र्याँइ गरेको भन्दै ७ वटा मार्टहरुमा सिल गरिएको विभागले जनाएको छ ।
त्यस्तै अनुगमनका क्रममा खराब मासू विक्री गरेको भेटिएपछि ८ सय ३४ केजी मासु नष्ट गरेको थियो भने रिलेभलिङ गरिएको १ लाख किलो पाउडर दूध भेटिएपछि डिडिसिको बालाजु प्रशोधन केन्द्रमा सिल गरेको थियो ।
फोहोर पानी उत्पादन गर्ने २ वटा पानी उद्योगमा पनि सिल सिल गर्नुका साथै अनुगमनका क्रममा २ सय ८ वटा लेभलिङ नगरिएको पानीकार जार जफत गरेको छ ।
Bhatbhteni
Big mart