केपी ओलीका प्रिय पत्रकार पाठक अर्काकी श्रीमती बोकेर टाप
काठमाडौं । सबैतिरबाट एकैचोटि साफ भएपछि नटवरलाल दीपक पाठक सहप्राध्यापककी पत्नी सहित बेपत्ता भएका छन् । त्रिविमा अध्यापन गर्ने न्यौपाने थरका ती प्राध्यापक नटवरलालले पत्नी उम्काएपछि सात वर्षे छोरो स्याहार्दाको हैरानीमा छन् । सासूले छोरी खोजी गरिपाँऊ भनी टेकुस्थित प्रहरी परिसरमा निवेदन पनि दिएकी छन् ।
तर भएजति नम्बर फ्याँकेर वेपत्ता भएका उनिहरु कहाँ छन् अहिलेसम्म पत्ता लागेको छैन उनिहरु साउन अन्तिम सातादेखि हराएका हुन । हरिबोधनी एकादशीको बिहान न्यौपाने कीर्तिपुर पुगे । तर फर्किएर आउँदा घरमा पत्नि थिइनन् र पत्नीले चाबहिल चुच्चेपार्टीमा कस्मेटिक पसल छ । त्यसदिन पसलमा भोटे ताल्चा लगाएर बेपत्ता भइन । न्यौपानेले पत्नी खोज्न ससुरालीमा फोन गरे । र, त्यहाँ पनि फेला परिनन् । छोरी हराएपछि आमाले ज्योतिषिलाई देखाइन । ज्योतिषीले पुरुषहरुसंग बेपत्ता भएको भनेपछि उनले प्रहरीकहाँ खोजतलासको जाहेरी दिइन । सामाजिक प्रतिष्ठाका कारण नाम र बतन खोल्न चाहिनन् । पति काममा सहिड्नासाथ दीपक कस्मेटिक पसलमा पुग्थे । न्यौपानेलाई पहिला देखि नै उनीहरुको सम्बन्धबारेमा शंका थियो ।
उता, चाबहिलकै अर्की एक महिलाले आफ्नो पाँचलाख खाएर भागेको भन्दे पाठकको खोजी गरिरहेकी छन् । यसअघि आफ्नो चार लाख रुपैया नतिरेपछि पत्रकार महासंघका केन्द्रीय सदस्य रामहरी सिलवालले पाठकको ९०९३ नम्बरको टोयोटा गाडी तानेका थिए । पैसा तिरेर रामहरीबाट गाडी फिर्ता ल्याएका पाठक त्यसलगत्तै अर्काकी पत्नी लिएर फरार भएका हुन् । केपी ओलीको जोडबलका कारण प्रेस काउन्सिलका सदस्यमा बैशाख १७ गते नियुक्ति पाएका पठकलाई सर्वोच्च अदालतले असार २८ गते पदबाट बर्खास्त गरेको थियो ।
जनअास्थाबाट
Dipak Pathak