राजनीति News

प्रधानमन्त्री दाहालको पहिलो प्रश्न– सुमर्गीको बैकको पैसा किन रोक्का भयो

प्रधानमन्त्री दाहालको पहिलो प्रश्न– सुमर्गीको बैकको पैसा किन रोक्का भयो

Pushpa-Kamal-Dahal भदौ ८ । अर्थमन्त्री कृष्णबहादुर महरा बेइजिङतर्फ प्रस्थान गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थसम्बद्ध हाकिमहरुलाई बोलाएर आफ्ना पुराना सहयोगी अजय सुमार्गीको बैकमा रोक्का रकमबारे सोधखोज थालेका छन् । लगातार ३ दिने सार्वजनिक विदा शुरु ह्ने मुखैमा गत बुधबार कार्यालयमा हाजिर गराइएका हाकिमहरुलाइृ प्रधानमन्त्रीको पहिलो सोधाई थियो, सुमार्गीजिको इस्यु के हो ? कसरी त्यस्तो हुन गयो ? त्यसमा मेरो पनि नाम जोड्छन् कसै कसैे के कारणले उहाँको पैसा रोकिएको हो ? डिटेल रिपोर्ट बनाएर मलाई दिनुहोला ।

यसबारे पछि छुट्टै छलफल गरौला । मुलुकको आगिएक स्थितिका बारेमा बुझ्न बोलाइएका मध्ये मुख्यसचिव मलेसिया रहेका कारण प्रधानमन्त्रीका सचिव शान्तबहादुर श्रेष्ठ, केशरबहादुर अधिकारी राष्ट्रबैकका गर्भनर चिरन्जीवि नेपाल लगाएतका उपस्थित थिए । अर्थबाट खेदिन लागेका अर्थ सचिव लोकदर्शन रेग्मी भने गाँउमा छु भनेर बैठकमा उपस्थित भएनन् । जनआस्था

Puspakamal Dahal

विशेष