ताजा खबर News

बैइजिङबाट फर्के लगत्तै महरा पाकिस्तान तर्फ

बैइजिङबाट फर्के लगत्तै महरा पाकिस्तान तर्फ

krishna mahara भदौ ८ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को आठौँ अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा पाकिस्तानतर्फ प्रस्थान गरेका छन् । महरा गए राति ९ः३० बजे त्यसतर्फ प्रस्थान गरेको उनका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिए । महरासँग परराष्ट्र मन्त्रालयका सहसचिव मणि भट्टराई र अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याललगायत सहभागी छन् । 

यही अगस्त २५ र २६ तारिखमा पाकिस्तानको राजधानी ईस्लामावादमा हुने बैठकमा सहभागी भई उपप्रधानमन्त्री महरा अगस्त २७ तारिख स्वदेश फर्कनुहुने कार्यक्रम छ । बैठकमा क्षेत्रीय व्यापार तथा लगानीका विषयमा छलफल हुने बताइएको छ ।

Krishna Bahadur Mahara

विशेष