इटालीमा शक्तिशाली भूकम्प

एजेन्सी–इटालीमा शक्तिशाली भूकम्प गएको छ । मध्य इटालीको पेरुगिया नजिकै ६.४ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्भेले जनाएको छ ।भूकम्पको केन्द्रबिन्दू परुगियादेखि ७६ किलोमिटर टाढा स्थानीय समय अनुसार आज बिहान ३.३६ मिनेटमा गएको हो ।
यसको गहिराई १० किलोमिटरमात्र रहेकाले ठूलै क्षति भएको हुनसक्ने आँकलन गरिएको छ । सो भूकम्पपछि सो क्षेत्र वरिपरि अरु भूकम्पका धक्कासमेत महसुस भइरहेको रोयटर्सले जनाएको छ ।
Earthqake