प्रधानमन्त्रीले इन्धन वितरण बारे आयल निगमसँग जानकारी लिंदै, खड्काका गतिविधि निगरानी गर्न निर्देशन
भदौ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्धन वितरणमा देखिएको समस्याका बारेमा आयल निगमका अधिकारीहरुसँग आज जानकारी लिंदैछन् ।दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनले निगमका पदाधिकारीसँग इन्धन वितरण भइरहेको गडबडीका बारेमा सोधपुछ गर्न लागेका हुन् ।
निगमले सार्वजनिक बिदाको कारण देखाउंदै ३ दिनसम्म इन्धन वितरण नगरेपछि अधिकांश पम्प बन्द भएका थिए । जनै पूर्णिमा, गाईजात्रा र शनिबार इन्धन आपूर्ति नहुँदा अहिलेसम्म इन्धन वितरण हुन सकेको छैन ।
इन्धन अभाव बनाउने र सरकारलाई असफल बनाउने खेलमा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का लागेको बताइन्छ । प्रधानमन्त्री प्रचण्डले खड्काका गतिविधि निगरानी गर्न सचिवालयलाई निर्देशन दिइसकेको बुझिएको छ । यसअघि केपी ओली नेतृत्वको सरकारलाई पनि खड्काले असहयोग गरेको आरोप लागेको थियो । तत्कालिन आपूर्तिमन्त्री एंव माओवादी नेता गणेशमान पुनले खड्कालाई बर्खास्त गर्ने प्रयास गरेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपपछि खड्का उम्किएका थिए
PM