News

छत्रबहादुर थापा स्मृति ट्रष्टको स्थापना

छत्रबहादुर थापा स्मृति ट्रष्टको स्थापना

Chatra Thapa भदौ ८ । समाजसेवी स्व छत्रबहादुर थापा स्मृति ट्रष्टको स्थापना भएको छ । नेपाली सेनामा लामो समय क्रियाशील भई रथीको जिम्मेवारीबाट सेवा निवृत्त थापाले समाजसेवाका क्षेत्रबाट समेत राष्ट्र निर्माणमा भूमिका निर्वाह गरेका थिए । मङ्गलबार आयोजित कार्यक्रममा प्रधान सेनापति रवीन्द्र क्षेत्रीले रथी थापाले दोस्रो विश्व युद्धमा समेत सहभागिता जनाएका र मुलुकमा पहिलो पटक सेनामा व्यारेकको अवधारणा ल्याउएको जानकारी दिए ।

प्रधान सेनापति क्षेत्रीले नेपाली सेनाको विकास तथा अनुशासन कायम गराउने सन्दर्भमा ठूलो योगदान पु¥याएको विचार व्यक्त गर्दै उनको नामबाट स्थापना भएको संस्थालाई सबैको सहकार्यबाट अगाडि बढाउनुपर्ने बताए । राष्ट्रपतिका सुरक्षाविज्ञ एवम् ट्रष्टका अध्यक्ष नेत्रबहादुर थापाले समाजको विकासमा सहयोग पु¥याउने विभिन्न सङ्घ संस्था तथा असाधारण प्रतिभाशाली व्यक्तिलाई सम्मान गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

परराष्ट्रविद् भेषबहादुर थापा र साहित्यकार भीमबहादुर अधिकारीले रथी थापाले विभिन्न समयमा गरेका गतिविधिको स्मरण गराएका थिए । पूर्व उपप्रधानमन्त्री कमल थापाले ट्रष्टले मुलुकको सनातन धर्म, संस्कृतिको समेत संरक्षणका क्षेत्रमा कार्य गर्दै जाने बताउँदै देशका विभिन्न स्थानमा सामाजिक सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । रथी थापा पूर्व उपप्रधानमन्त्री कमल थापाका पिता थिए ।

सोही ट्रष्टद्वारा खेलकुदको क्षेत्रबाट समाजको विकासमा योगदान पु¥याएबापत नवयुग श्रेष्ठलाई रु ५० हजार तथा गाउँ सेवा समाज तनहुँ, श्रीपाली सुयल थापा प्रतिष्ठान काठमाडौँ प्रत्येकलाई रु ५० हजार प्रदान गरिएको थियो ।

Chatra Thapa

विशेष