विदेश

उत्तर कोरियाको मिसाइल परीक्षण जापानी समुद्रमा पुगेपछि

उत्तर कोरियाको मिसाइल परीक्षण जापानी समुद्रमा पुगेपछि
south-korean-missile-launchभदौ–८ । उत्तर कोरियाले पूर्वी क्षेत्रबाट ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले पानी जहाज (पन्डुबी) बाट प्रहार गरिने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । उत्तर कोरियाले गएको महिना असफल भएको ब्यालेस्टिक मिसाइलनै अहिले परीक्षण गरेको हो । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास थालेपछि उत्तर कोरियाले मिसाइल परिक्षण गरेको हो । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि ब्यालेस्टिक मिसाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको भएपनि उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्दै आएको छ । तर परीक्षणका लागि पठाइएको मिसाइल जापानी सुमुद्र नजिक खसेको बताइएको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले यसलाई गैरजिम्मेवारी कार्यको संज्ञा दिएका छन् ।

Missile North Korea Missile test

विशेष