News

राष्ट्रिय एकतालाई सुदृढ तुल्याउनुपर्नेमा राष्ट्रपति भण्डारीकाे जोड

राष्ट्रिय एकतालाई सुदृढ तुल्याउनुपर्नेमा राष्ट्रपति भण्डारीकाे जोड
bidhya devi bhandari भदाै - ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको सर्वाेपरि हितलाई केन्द्रमा राखेर मुलुकको राष्ट्रिय एकता, सुरक्षा र आर्थिक कूटनीतिलाई सुदृढ तुल्याउनुपर्नेमा जोड दिएकी छिन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा तालिमरत कूटनीतिक सेवाका शाखा अधिकृतसँग आज अपराह्न राष्ट्रपति कार्यालयमा भएको सामूहिक शिष्टाचार भेटमा उहाँले सार्वजनिक सेवाका सबै निकायले सेवा भावले जनताका काम गर्नुपर्ने आवश्यकता औँल्याइन्। राष्ट्रिय स्वाभिमानलाई शिरमा राखेर उच्च नैतिक आचरणका साथ कार्यसम्पादन गर्न र कूटनीति क्षेत्रलाई सबल एवम् सक्षम बनाउन दत्तचित्त भएर लाग्न तालिमका सहभागीलाई निर्देशन दिइन् । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.पन्नाकाजी अमात्यले प्रतिष्ठानको परिचय प्रस्तुत गर्दै अधिकृतहरुलाई प्रदान गरिएको सेवाकालीन प्रशिक्षणका विषयवस्तुबारे जानकारी गराए । तीनमहिने उक्त तालिममा कूटनीतिक सेवाका ११ जना अधिकृत सहभागी थिए ।

bidhya devi bhandari Rastrapati

विशेष