भारत सरकारद्वारा नेपाललाई दमकल वितरण
भदाै - ८ । आगलागी नियन्त्रणमा सहयोग पुर्याउन भारतले बुधबार नेपाललाई १७ वटा दमकल उपहारस्वरुप प्रदान गरेको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई भारतीय राजदूत रणजीत रायले आयोजित कार्यक्रममा ती दमकलको साँचो हस्तान्तरण गरेका छन् ।
त्यस अवसरमा मन्त्री पाण्डेले एउटा दमकलको साँचो काठमाडौँ महानगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत सनतकुमार थापालाई सुम्पिएका हुन् ।
मन्त्री पाण्डेले आगलागी नियन्त्रण गर्न भारत सरकारबाट प्राप्त दमकलले थप सहयोग पुर्याउने बताए ।
राजदूत रायले आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि दमकलकै भर पर्नुपर्ने उल्लेख गर्दै ती दमकलले प्रयोगले यस्ता काममा मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
हाल २१७ नगरपालिकामध्ये ७१ नगरपालिकामा १०१ बटा दमकल रहेको उक्त मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले जानकारी दिएका छन् ।
उनले भने–'अझै ३४ बटा दमकल खरिदका लागि प्रक्रिया अघि बढाएइको छ, भारत सरकारले आज उपहारस्वरुप हस्तान्तरण गरेको समेत अब १५२ दमकलको सङ्ख्या पुगेको छ ।'
bharat le damkal diyo
damkal
indian ambessy