News

तलब नपाएपछि कर्मचारी अान्दाेलनमा

तलब नपाएपछि कर्मचारी अान्दाेलनमा
national trading भदाै - ८ । नेशनल ट्रेडिङ लिमिटेड टेकुका कर्मचारी छ महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रेका छन् । सरकारले काममा मात्र लगाउने तर छ महिनासम्मको तलब नदिने गरेकाले लिमिटेडका २९० कर्मचारी आन्दोलनमा उत्रेका हुन् । उनीहरुले तलब समयमै दिनुपर्ने, सञ्चय कोष र नागरिक लगानी कोषको पैसा समयमै पठाउनुपर्ने, अवकाशप्राप्त कर्मचारीलाई उपदानको व्यवस्था गर्नुपर्ने, विमा रकम पठाउनुपर्नेलगायतका माग राखेका छन् । सङ्घर्ष समितिका संयोजक राजु रानाभाटले छ महिनादेखि तलब नदिएपछि बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको बताएका छन् । उनले भने – 'हाम्रो माग सम्बोधन नभएसम्म हामी आन्दोलन जारी राख्छौँ ।' आन्दोलनरत कर्मचारीले तलब नदिएको भन्दै मङ्गलबार महाप्रबन्धकको कार्यकक्ष समेत घेराउ गरेका थिए ।

karmachari andolan ma national trading ltd

विशेष