फोटो पत्रकारको बिमा गर्ने सम्झौता
भदाै - ८ । फोटो पत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बिमा गर्ने विषयमा शिखर इन्स्योरेन्स र फोटो पत्रकार क्लबबीच एक सम्झौता भएको छ ।
बुधबार आयोजित एक कार्यक्रममा शिखर इन्स्योरेन्सका कार्यकारी निर्देशक दिपकुमार पाण्डे र क्लबका अध्यक्ष विकास कार्कीले फोटो पत्रकारको क्यामेराको रु तीन लाख, स्वास्थ्यको रु एक लाख र दुर्घटनाको रु पाँच लाखसम्मको बिमा गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
'फोटो पत्रकारको क्यामेरा चोरी भएको अवस्थामा बिमा दाबी गर्न नसकिने र अन्य अवस्थामा गरिने बिमा दाबी क्लबको सिफारिसका आधारमा हुनेछ' – सम्झौतापछि क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फोटो पत्रकार क्लबका अध्यक्ष कार्कीले शिखर इन्स्योरेन्ससँगको सहकार्यबाट फोटो पत्रकारहरुलाई ढुक्क भएर कार्यक्षेत्रमा लाग्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे।
bima
photo patrakar