'हिमाल साउथ एशियन म्यागेजिन'ले प्रकाशन बन्द गर्ने
भदाै - ८ । साउथ एसिया ट्रष्टले प्रकाशन गर्दै आएको 'हिमाल साउथ एशियन म्यागेजिन' स्थगन निर्णय गरेको छ । ट्रष्टले २९ वर्षदेखि दक्षिण एसियाली सामाजिक– राजनीतिका मुद्दालाई प्रमुखताका साथ स्थान दिँदै आइरहेको थियो ।
‘हिमाल साउथ एसियन’ प्रकाशन गर्ने क्रममा राज्य तहबाट विभिन्न चरणमा असहयोग भएको आरोप ट्रष्टका छ । ट्रष्टले एक विज्ञप्ती निकाल्दै खुला समाज निर्माणका दिशामा उन्मुख उक्त ‘क्रस–बोर्डर’ प्रकाशन बन्द गराउन राज्यले लक्षित कार्यशैली अपनाएको बताएको छ ।
‘हामीसँग कार्यरत विदेशी मुलका सम्पादकीय टोलीका लागि यहाँ कार्य–अनुमति (वर्क–परमिट) लिन कठीनाइ भएको छ, अन्तर्रा्ष्ट्रिय तहबाट लेखनमा सहयोग गर्ने सहयोगीलाई पारिश्रमिक जुटाउन पनि नसकेको अवस्था छ,’ विज्ञप्तीमा भनिएको छ ।
पूर्वसूचना वा स्पष्टीकरणबिनै ट्रष्टको प्रकाशन हिमालका लागि प्राप्त हुँदै आएको अनुदान ७ महिनायता रोक्का भएकाले कठिनाइ उब्जिएको पनि बिज्ञप्तीमा उल्लेख छ ।
हिमाल साउन एसियनमाथि २०७१ वैशाखमा व्यवस्थापिका संसद्मै दोषारोपण हुँदा तथा प्रकाशनका संस्थापक सम्पादक एवं ट्रष्टका अध्यक्ष पत्रकार कनकमणि दीक्षितमाथि एक वर्षयता प्रहार हुँदा पनि प्रकाशनमा आँच आउन नदिएको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तिअनुसार म्यागजिन आगामी मंसिरसम्म प्रकाशन हुनेछ ।
Himal South Asian