विदेश

इटालीमा गएको भूकम्पमा परि ज्यान गुमाउने संख्या १ सय ५९ पुग्यो

इटालीमा गएको भूकम्पमा परि ज्यान गुमाउने संख्या १ सय ५९ पुग्यो

भदौ ९ । इटालीमा भूकम्पमा परि ज्यान जानेको संख्या एक सय ५९ पुगेको छ । बुधबार बिहान भएको ६ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण तीन सय ६८ जना घाइते भएको इटालीको नागरिक सुरक्षा अधिकारीले बताएका छन् । राजधानी रोमबाट एक सय किलोमिटर उत्तर–पूर्वमा रहेको पेरुगिए शहर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पका कारण मध्य इटालीको पहाडी क्षेत्र बढी प्रभावित भएको छ । ऐतिहासिक शहर एमाट्रिसेमा सबै भन्दा बढी क्षति भएको छ । त्यहाँ कम्तिमा ८६ जनाको ज्यान गएको छ । एमाट्रिसेमाका झण्डै ७५ प्रतिशत भवन ध्वस्त भएका छन् । अझै पनि धेरै मानिस भत्किएका भवनको भग्नावशेषमा पुरिएको आशंका छ । खोजी तथा उद्धार र राहत वितरणको काम भइरहेको इटालियन अधिकारीले बताएका छन् । इटालीमा सन् २००९ मा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा तीन सय जनाको ज्यान गएको थियो ।

Earthqake Italay

विशेष