अर्थ News

तमोर र तामाकोशी तेस्रो बनाउन चिनियाँ प्रस्ताव

तमोर र तामाकोशी तेस्रो बनाउन चिनियाँ प्रस्ताव

hydro

भदौ ९ । चीनको चाइन मेसिनरी इन्जिनियरिङ कर्पोरेसनले तामाकोसी तेस्रो र तमोर जलाशययुक्त आयोजना निर्माण गर्न लगानी बोर्डमा प्रस्ताव गरेको छ । सीअएमईसी कम्पनीले ६ सय ५० मेगावाटको माथिल्लो तामाकोसी तेस्रो र ७ सय ३२ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजना बनाउन प्रस्ताव गरेको जनाएका हो ।

कम्पनीले लगानी बोर्डमा यी दुई आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन विथ फइनान्सिङ मोडलअन्तर्गत बनाउने प्रस्ताव राखेको कम्पनीका नेपाल प्रतिनिधि विश्वास खतिवडाले जानकारी दिएका छन् ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत अघि बढाउने घोषणा गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नै कम्पनीले दुई आयोजना बनाउने प्रस्ताव राखेको थियो । कारोबार बाट

Tamakoshi Hydro Tamor Hydro

विशेष