मन्त्री नबन्दै महतले दिए भोज, केसीले सुनाए पश्चताप
भदौ ९ । नेविसंघको परिणाम संस्थापन पक्षमा आएको बाहनामा चुनाव गराउने जिम्मा पाएका कांग्रेस नेता प्रकाशशरण महतले भोजको आयोजना गरेका छन् । शुक्रबारका अनुसार नेविसंघको निहुँ पारेर महतले मन्त्रीको अग्रिम भोज खुवाएका हुंन् । आफ्नो पक्षमा परिणाम आउंने अवश्था नहुँदासम्म प्रतिनिधि बढाइरहेरहेरै भएपनि चुनाव गराएपछि उनको मन्त्री पद कसले खोस्न सक्ने ? त्यापनि सभापति देउवा आफ्नो हात जगन्ननाथ भन्ने अवस्थामा भएको बेला । तर, उनकै जिल्लका अर्का नेता भने देउवा समूहमा लागेकोमा पछुतो मान्न थालेका छन् ।
गृह मन्त्रालय नपाए सरकारमा नजाने बताउँदै आएका अर्जुननरसिंह केसीको घुर्कीलाई देउवाले मतलव नगरेपछि केसी शिक्षा मन्त्रालयमै चित्त बुझाउन बाध्य भएका छन् । तर, जिल्ला सभापतिहरुको दुईदिने भेलाको उद्घाटनस चलिरहेका बेला अर्का नेता गोपालमान श्रेष्ठसँग गोप्य कुराकानी गर्न कुना पसेका केसी भन्दै थिए रे, ‘व्यर्थै देउवाको पक्षमा लागेछु ।’ अब के गर्ने होला भन्दै उनी राय माग्दै थिए भन्ने सुनिन्छ । शुक्रबार साप्ताहिकबाट
Nepali Poliics