News

करोड दान गर्ने गौरीको मनै छुने कथा

करोड दान गर्ने गौरीको मनै छुने कथा

भदौNepal Aaja ९ । नारायणगढकी गौरी प्रधानको छालामा ३७ बर्षअघि अनौठो रोग देखियो । बढ्दै गएर टाउकाको रौंमा पनि असर गर्न थाल्यो । प्रधानलाई उपचारका लागि पैसाको खाँचो थिएन तर जहाँ गएर उपचार गर्दा पनि कम भएन ।

चिकित्सकले निको हुने सम्भावना औंल्याए । त्यहीबीच उनले प्राकृतिक उपचार पद्धतिबारे सुनिन् र उपचाका लागि भारत, उत्तरप्रदेशको गोरखपुर पुगिन् । गारखपुरको प्राकृतिक उपचार केन्द्र आरोग्य मन्दिरमा उपचार सुरु गर्दा पनि उनले दिक्क नमानेको होइन । तर लगातार दुई बर्ष उपचारपछि उनी पूर्ण स्वस्थ्य भइन् । त्यसपछि उनको मनमा प्राकृतिक उपचारप्रति निकै श्रद्धा जाग्यो । ‘यो उपचार पद्धतिको म जीबनभर रिणी छु’, उनले भनिन् । सोही रिण तिर्न होला, उनले नवलपरासीको रजहरमा रहेको प्राकृतिक उपचार केन्द्रलाई एक करोड रुपैयाँ दान दिइन् ।

श्यामकृष्ण प्रधान र गौरी प्रधान सम्पत्तिमा मात्र होइन, समाजसेवा र राजनीतिमा पनि कहलिएको नाम हो । श्रीमान श्यामकृष्णको मृत्युपछि श्रीमती गौरी ४५ दिनको काम सकेर रजहरको सो अस्पताल पुगेकी थिइन् ।

अस्पताल सञ्चालकले नै यो तहको सहयोगको आशा गरेका थिएनन् । एकदुई कोठासम्म बनाइदिनु न भन्ने आग्रहसम्म थियो । बिरामी बस्ने सुविधायुक्त कोठा भएको दुईतले भवन निर्माणका लागि सो रकम खर्च गरियो । भवन शिलान्यास ०७० जेठ १५ मा भएको थियो । उद्घाटन ७१ काित्तक १८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरे । सो अस्पतालमा अहिले ८२ बेड छन् । ३ सय बेड पुर्याउने सञ्चालकको लक्ष्य छ ।

नागरिक दैनिकबाट

Gauri

विशेष