अर्थ News

करोडौंको सरकारी जग्गा माओवादीलाई दिने निर्णय गरिएपछि......

करोडौंको सरकारी जग्गा माओवादीलाई दिने निर्णय गरिएपछि......

maoist flag

भदाै ९ । वीरगन्ज चिनी कारखानाले भोग चलन गरिरहेको सरकारी स्वामित्वको ऐलानी जग्गा सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रलाई दिने गरी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा रहेको सिफारिस समितिले निर्णय गरेपछि शान्त रहेको वीरगन्ज तातेको छ।

सार्वजनिक जग्गाको भोगाधिकार उपलब्ध गराउने कार्यनीति २०६२ अनुसारको स्थानीय सिफारिस समितिका संयोजकसमेत रहेका पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको बैठकले माओवादी केन्द्रलाई आठ करोडभन्दा बढी मूल्य बराबरको पाँच कट्ठा जग्गा दिन सिफारिस गरेको थियो। पार्टीलाई पचास बर्षकालागि जग्गा भोग चलन गर्न दिने समितिले सिफारिस गरेपछि त्यसको चर्को विरोध भएको छ।

समितिका सदस्यहरु पर्साका स्थानीय विकास अधिारी विश्वप्रकाश अर्याल, वीरगन्ज उपमाहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइराला, नापी अधिकृत नागेन्द्र महतो र मालपोत कार्यालय पर्साका प्रमुख गमबहादुर विकले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको निर्णयमा सही गरका छन्।

‘हाल वीरगन्ज उपमहानगरपालका १७ स्थित किता नम्बर ७५ को क्षेत्रफल १–०–११ मध्ये दक्षिण र पश्चिम कुनाबाट ०–५–० (पाँच कट्ठा) जग्गा लिज वा भोगाधिकारका लागि ५० वर्षकालागि नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय संचालनकालागि उपलब्ध गराउन हुन स्वीकृति प्रदान गर्नु हुन अनुरोध छ,’ निर्णयमा भनिएको छ। यस सिफरिसको आधारमा सरकारले पार्टीलाई जग्गा दिने बाटो खुलेको छ।

Maosist Kendra

विशेष