अर्थ News

मेलम्ची खानेपानी आयोजनाको सुरुङको काम अझै २० प्रतिशत बाँकी

मेलम्ची खानेपानी आयोजनाको सुरुङको काम अझै २० प्रतिशत बाँकी

Melamchi भदौ ९ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले गत वर्षको भूकम्प र नाकाबन्दीका कारण काममा बाधा परेको भन्दै क्षतिपूर्तिका लागि थप समय माग गर्ने तयारी गरिरहेको बतायइको छ । इटालेली ठेकेदार कम्पनी सीएमसीले सुरूङ्ग निर्माणको लागि पाएको समय अर्को महिना सकिंदैछ ।

२७ किलोमिटर लामो सुरुङ्ग निर्माणको काम अझै २० प्रतिशत बांकी रहेको बताइएको छ । ठेकेदारले थप समय माग्दा मेलम्ची आयोजनामा थप ढिलाई हुने चिन्ता बढेको छ । गत वर्षको गएको भूकम्प र त्यस लगत्तैको नाकाबन्दीका कारण उब्जिएको इन्धन संकटले झन्डै १ वर्ष काम गर्न नपाएको भएतापनि हाल सो कम्पनीले सुरुङ्ग निर्माणको काममा निकै प्रगति गरेको मेलम्ची खानेपानी बिकास समितिले जनाएको छ ।

भूकम्प र त्यसपछिको प्रभावलाई बेवास्ता गरेर ठेकेदार कम्पनीलाई केही पनि सुविधा पाँउदैनस् भन्न त मिलेन । तर कति समय दिने भन्ने कुरामा चाँही मत भिन्नता हुन सक्छ । मेलम्ची खानेपानी विकास समितिका निर्देशक घनश्याम भट्टराईले बताए । भूकम्पका कारण सुरुङ्गभित्र कुनै ठूलो क्षति नभएको भए पन ियहाँसम्म पुग्ने बाटाहरु बिग्रनु र इन्धनको अभावले अघिल्लो साल काममा लगातार असर परेको थियो ।

Melamchi

विशेष