ताजा खबर विदेश

कोलम्बिया सरकार र विद्रोही संगठन फार्कबिच ऐतिहासिक शान्ति सम्झौता, ५० बर्षे गृहयुद्धको अन्त्य

कोलम्बिया सरकार र विद्रोही संगठन फार्कबिच ऐतिहासिक शान्ति सम्झौता, ५० बर्षे गृहयुद्धको अन्त्य
Colombia's lead government negotiator Humberto de la Calle (R) and Colombia's FARC lead negotiator Ivan Marquez shake hands after signing the protocol and timetable for the disarmament of the FARC  in Havana, Cuba, August 5, 2016. REUTERS/Enrique de la Osa

भदौ ९ । कोलम्बिया सरकार र फार्क बिद्रोहीबिच शान्ति सम्झौता भएको छ । चार वर्ष लामो वार्तापछि कोलम्बिया सरकार र फार्क बिद्रोहीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् । शान्ति सम्झौतासँगै ५० वर्ष भन्दा लामो समयदेखिको द्वन्द्व अन्त्य भएको छ । सरकारी तथा फार्क बिद्रोहीका प्रतिनिधिले राजधानी हवानामा आफूहरु समहतिमा पुगेको र अब पाँच दशक भन्दा लामो समयदेखि चलिरहेको संघर्ष अन्त्य हुने बताएको समाचार संस्था रोयर्टसले जनाएको छ ।

दुवै पक्षले वार्ताका मध्यस्तकर्ता क्युवा र नर्वेका प्रतिनिधिको उपस्थितिमा शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् । सरकार र फार्क बिद्रोहीबिच सन् २०१२ को नोभेम्बरदेखि वार्ता हुँदै आएको थियो । कोलिम्बयामा चलेको फार्क संघर्षको क्रममा झण्डै दुई लाख २० जना मानिसको ज्यान गएको थियो । यस्तै दशौं लाख मानिस विस्थापित भएका छन् ।

Colambia

विशेष