ताजा खबर राजनीति News

कांग्रेसबाट मन्त्री हुनेहरुले आज तीन बजे सपथ लिने, पौडेल पक्ष मन्त्री छान्न व्यस्त

कांग्रेसबाट मन्त्री हुनेहरुले आज तीन बजे सपथ लिने, पौडेल पक्ष मन्त्री छान्न व्यस्त

nepali-congress-flag भदौ ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्रीको संख्या बढी मागेकाले बुधबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार हुन नसकेको उक्त दलको संस्थापन पक्षका एकजना नेताले बताएका छन् ।

तर पौडेल पक्षले सम्मानजनक व्यवहार नभएको भन्दै समग्र विषयमा थप कुराकानीको खाँचो औंल्याएपछि सभापति देउवा निवासमा दुवै पक्षबीच बुधबार साँझसम्म छलफल जारी थियो ।

आजै तीन बजे मन्त्रीहरुको सपथ खुवाने तयारी भइरहेको कांग्रेस श्रोतले बताएको छ । तीन बजे जसरी पनि मन्त्रीहरुलाई सपथ खुवाउनका लागि संस्थापन पक्षका नेता रामचन्द्र पौडेल अहिले मन्त्री छान्न व्यत रहेको कांग्रेसले जनाएको छ ।

Congress

विशेष