News

उपचारका लागि ओली बैंकक जाँदै

उपचारका लागि ओली बैंकक जाँदै

kp-sharma-oli-nepalaaja भदौ ९ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्यान्डको राजधानी बैंकक जाँदै छन् ।

अध्यक्ष ओली अपराह्न १ बजे थाई एयरवेजको विमानमार्फत श्रीमती राधिका शाक्य र सालाे राजेश बज्राचार्यसहित बैंकक जाने उनको सचिवालय सदस्यले जानकारी दिए । अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा करिब १५ दिन बैंककमै रहने कार्यक्रम छ । बैंककमा उपचारपछि उनी चार दिने भ्रमणको सिलसिलामा इन्डोनेसिया जाने एमालेले जनाएको छ ।

KP Oli

विशेष