सिरियामा टर्कीको आक्रमण ४६ जनाको मृत्यु

भदौ ९ । टर्कीद्वारा उत्तरी सिरियामा इस्लामिक स्टेट आईएस समूहविरुद्ध गरेको हवाई तथा स्थल आक्रमणमा कम्तिमा ४६ आईएस लडाकूको मृत्यु भएको छ । उत्तरी सिरियामा टर्कीले सिरियाली विद्रोही फ्री सिरियन आर्मीलाई सहयोग गर्दै चार वटा गाउँलाई आईएस लडाकूबाट मुक्त गराएको डोगान न्युज एजेन्सीले बताएको छ ।
टर्कीले उक्त क्षेत्रमा टर्कीका युद्धक विमान, युद्धक ट्याङ्कर र छोटो दुरीमा गोला बारुद वर्षाएर आक्रमण गरेको भन्दै सिरिया सरकारले त्यसो नगर्न टर्कीलाई आग्रह गरेको छ । सिरियाली अधिकारीले कारबाही सिरियासँगको सहकार्यमा मात्र गर्नुपर्ने भन्दै उत्तरी सिरियामा गरिएको सैन्य कारबाहीप्रति असन्तुष्टि जनाएको छ ।
सिरियाली विदेश मन्त्रालयले बुधबार नै टर्कीद्वारा आफ्नो भूमिमाथि भएको हस्तक्षेपको निन्दा गर्दै आतङ्कवादी अभियान सिरियाली सरकारसँगको सहकार्यमा गराउन आग्रह गरेको हो ।
Turkey