राजनीति News

पूर्व लडाकुलाई भेटे प्रधानमन्त्रीले

पूर्व लडाकुलाई भेटे प्रधानमन्त्रीले

PM

भदौ ९ । पूर्व जनमुक्ति सेनाका घाइते, अपाङ्गको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा घाइते, अपाङ्ग पूर्व जनमुक्ति सेनाका प्रतिनिधिहरुले आफ्ना समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

टोलीले युद्धका घाइतेहरुको अझै उचित उपचार हुन नसकेको, जीवन निर्वाह भत्ता अत्यन्तै न्यून भएको तथा राष्ट्रका लागि योगदान गरेको पहिचान सहितको परिचय पत्रको व्यवस्था नगरिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । भेटमा प्रधानमन्त्रीले ‘घाइतेको निशूल्क उपचारको व्यवस्था मिलाउने, जीवन निर्वाह भत्ता वृद्धि गर्न पहल गर्ने तथा राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्ने’ जानकारी गएका थिए ।

PM Nepal

विशेष