ताजा खबर विदेश

अमेरिकन विश्वविद्यालयमा आक्रमण १३ जनाको मृत्यु

अमेरिकन विश्वविद्यालयमा आक्रमण १३ जनाको मृत्यु

US University

भदौ ९ । अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी विश्वविद्यालय आक्रमणमा १३ जनाको मृत्यु भएको छ । जसमध्ये ७ विद्यार्थी रहेको काबुल प्रहरीले जनाएको छ ।

आक्रमणकारीको खोजीमा जुटेको सुरक्षा निकायले भवनमा बन्द रहेका विद्यार्थी तथा विश्वविद्यालयका कर्मचारीलाई छोडेको थियो । काबुल प्रहरीका प्रमुख अब्दुल रहमान रहीमीले बीबीसीलाई बताए अनुसार मारिनेमा तीन प्रहरी तथा तीन विश्वविद्यालयका सुरक्षा गार्डहरु रहेका छन् । हमलामा ३५ विद्यार्थी तथा ९ प्रहरी घाइते भएका छन् । आक्रमणकारीको नियन्त्रणमा रहेका ७ सय ५० विद्यार्थी तथा कर्मचारीलाई सकुशल उद्धार गरिएको छ ।

US University

विशेष