News

डा कोइराला धर्म र संस्कृतिको सम्मानमा

डा कोइराला धर्म र संस्कृतिको सम्मानमा
shekhar_koirala भदाै - ९ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सबै धर्म र संस्कृतिको सम्मान गर्नुपर्ने बताएका छन् । श्रीकृष्ण जन्माष्टमीका अवसरमा बिहिबार धापासी फ्रेन्डसिप क्लबले धापासी कृष्णमन्दिरमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले संविधानमा व्याख्या भएको धर्मनिरपेक्षता शब्दले ‘सर्व धर्म सव भाव’लाई व्याख्या गरेको बताएका हुन् । उनले भने – “सबै जनताले कसैको करकापमा नपरी आफूलाई मन परेको धर्म र संस्कृति मान्न पाउँछन् ।” नेता कोइरालाले आयोगले अगाडि सारेको ५६५ स्थानीय तहको संरचना अव्यावहारिक रहेको भन्दै कार्यान्वयनमा आउन नसक्ने दाबी गरे । उनले इलाका संरचनालाई स्थानीय संरचना बनाएर जाँदा व्यावहारिक हुने सुझाव दिए । सांसद भीमसेनदास प्रदानले नेपालको प्रजातन्त्रलाई संस्थागत विकास गर्न सबै राजनीति दल एकजुट हुनुपर्ने बताएका छन् । उनले संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा अगाडि लैजानु आवश्यक रहेको औँल्याएका छन् । सो अवसरमा क्लबले निःशुल्क स्वास्थ्य शिविर प्रदान गरेको थियो ।

dharma ko samman ma shekhar koirala

विशेष