News

नेपाली काँग्रेसद्वारा काबुल घटनाप्रति दुःख व्यक्त

नेपाली काँग्रेसद्वारा काबुल घटनाप्रति दुःख व्यक्त
shera-b-seuwa-nepalaaja भदाै - ९ । नेपाली काँग्रेसले अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी विश्वविद्यालयमा भएको आक्रमणमा परी १३ जनाको मृत्यु, ३५ विद्यार्थीसहित नौजना सुरक्षाकर्मी घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । नेकाका सभापति शेरबहादुर देउवाले आज प्रेस विज्ञप्ति प्रकाशित गरी काँग्रेस विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धको आतङ्कारी घटनाको घोर निन्दा र भत्र्सना गर्दछ भनेका छन् । “नेकाको आतङ्कवाद सदाका लागि अन्त्य गरिनुपर्छ भन्ने धारणा रहेको छ र सो दुःखद क्षणमा अफगानिस्तानका सरकारमार्फत म र मेरो पार्टीको तर्फबाट सहानुभूति प्रकट गर्दछु र धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्दछु” – देउवाले विज्ञप्तिमा भनेका छन् । सभापति देउवाले बिशिबार एक विज्ञप्ति प्रकाशित गरी भूकम्पले विभिन्न भागमा पुर्याएको जनधन क्षतिको घटनाबाट इटाली सरकारले सामना गर्नुपरेको दुःखद परिस्थितिमा नेकाका तर्फबाट सहानुभूति प्रकट गर्दै विपदमा धैर्यताका साथ सामना गर्न आग्रह गरेका छन् ।  विज्ञप्तिमा घटनामा परी निधन भएकामा उनले हार्दिक श्रद्धाञ्जलि अर्पणसमेत गरेका छन् ।

dukha byakta kabul ghatana Nepali Congress

विशेष