विदेश

हवाई तथा स्थल आक्रमणमा ५५ आइएस लडाकू मारिए

हवाई तथा स्थल आक्रमणमा ५५ आइएस लडाकू मारिए
isis भदाै - ९ । उत्तरी सिरियामा बुधबार राति इस्लामिक स्टेट्स (आईएस) समूहविरुद्ध गरेको हवाई तथा स्थल आक्रमणमा परी कम्तिमा पनि ५५ जना आइएस लडाकूको मृत्यु भएको छ । उक्त हवाई कारबाही टर्कीको सेनाद्वारा गरिएको जानकारी डोगान न्युज एजेन्सीले जनाएको छ । उत्तरी सिरियामा टर्कीले सिरियाली विद्रोही फ्रि सिरियन आर्मीलाई सहयोग गर्दै आएको छ । यस कारबाहीको क्रम केही दिनयतादेखि नै चलेको छ । यसअघि पनि केही दिन पहिला चार वटा गाउँलाई आईएस लडाकूबाट मुक्त गराएको डोगान न्युज एजेन्सीले बताएको छ । टर्कीको हवाई सेनाले उक्त क्षेत्रमा युद्धक विमानबाट नै हमला गरिरहेको बताइएको छ । युद्धक ट्याङ्कर र छोटो दुरीका गोला बारुद वर्षाएर आक्रमण गरिएको थियो । यस कारबाहीप्रति सिरियाली सरकार सन्तुष्ट नरहेको जनाएको छ । सरकारले यस्तो प्रकारहको आमक्रमण नगर्न टर्कीलाई आग्रह गरेको छ । सिरियाली विदेश मन्त्रालयले बुधबार नै एक विज्ञप्ति प्रकाशन गरी टर्कीले आफ्नो भूमिमाथि गरेको कारबाहीलाई हस्तक्षेप भनेको छ । उसले आगामी दिनमा यस्ता कारबाही तुरुन्त रोक्न पनि माग गरेको छ ।

death in helicopter attact islamic state

विशेष